काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी यू– १९ महिला टी– २० विश्वपकमा छनोट भएको छ ।
एसियाली छनोटको अन्तिम खेलमा बुधवार यूएईलाई हराउँदै नेपाली महिला टोली पहिलो पटक विश्वकपमा पुगेको हो । नेपालले यूएईलाई रनरेटमा पछि पार्दै विश्वकपमा आफ्नो स्थान सुरक्षीत बनाएको हो ।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा ८३ रन मात्रै बनाएको थियो । जावाफी ब्याटिङ थालेको नेपालले विश्वकपमा छनोट हुन १६.२ ओभरमा लक्ष्य पूरा गर्नूपर्ने थियो ।
नेपालले १५ औँ ओभरमा दुई विकेटको क्षतीमा यूएईले दिएको ८४ रनको लक्ष्य पूरा ग¥यो । नेपालको जितमा साना प्रविनले सर्वाधिक ३५ रनको योगदान दिइन् । कप्तान पुजा महतोले २१ तथा सानी पाख्रीनले १३ रन जोडीन् ।
पहिला ब्याटिङ गरेको युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाएकी थिइन् । बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिएकी थिइन् ।
एसिया छनोटमा ६ खेलमा ५ खेलमा जित निकाल्नै नेपाल विश्वकपमा छनोट भएको हो ।
