शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

साफ महिला च्याम्पियनसिप

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल , रेखा र प्रितीको ह्याट्रिक

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल , रेखा र प्रितीको ह्याट्रिक

नेपालको एक पक्षीय जितमा रेखा पौडेल र प्रिती राईको ह्याट्रिक

मंगलबार, कात्तिक ६ २०८१
मंगलबार, कात्तिक ६ २०८१
  • काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्द गोलको वर्षा गरेको छ ।

    हिजो साँझ दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गर्यो ।

    नेपालको एक पक्षीय जितमा रेखा पौडेल र प्रिती राईको ह्याट्रिक गरिन । रेखाले पाँच गोल गरिन भने प्रितीले ३ गोल गरिन । त्यस्तै सविता राना मगर, अनिता केसी र अमिषा कार्कीले एक-एक गोल थपिन ।

    नेपालले सुरुवातीबाटै दबाबमा राखेको खेलमा छैटौं मिनेटमा प्रिती राईको गोलमार्फत नेपालले अग्रता लिएको थियो । त्यसपछि १० मिनेटमा नेपालले ३-० को अग्रता बनाएको थियो । त्यसपछि खेलको ४२ औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो तथा चौथो गोल गरिन ।

    खेलको पहिलो हाफमा माल्दिभ्सलाई दबाबमा राखेको नेपालले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गोल गर्दै रेखाले ह्याट्रिक गरिन । खेलको ६२ औं मिनेटमा रेखाले र ६४ औं मिनेटमा प्रितीले गोल गर्दै नेपालको अग्रता फराकिलो बनाइन ।

    यसपछि पनि नेपालले गोलको वर्षा जारीराखेको थियो । ८७ औं मिनेटमा प्रितीले पेनाल्टी मार्फत ह्याट्रिक पूरा गरिन भने रेखाको स्थानमा मैदान छिरेकी अमिषा कार्कीले टीमका लागि ११ औं गोल गरेकी थिइन ।

    नेपालले यस अघि समुहको पहिलो खेल गोलरहित बराबरीमा रोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार