काठमाडौं । आईसीसी महिला टी- २० विश्वकप क्रीकेट २०२४ को उपाधिका दक्षिण अफ्रिकाले १५९ रनको लक्ष्य पाएको छ ।
यूएई अन्तर्राष्ट्रिय किक्रेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १५८ रनको योगफल बनाएको हो ।
न्युजिल्यान्डका लागि सुजी बेट्सले ३२ र अमेलिया केरले ४३ रन बनाइन भने ब्रुक हलिडे ३८ रन जोडिन ।
बलिङतर्फ दक्षिण अफ्रिकाकी ननकुलुलेको मलाबाले सर्वाधिक २ विकेट लिइन भने अयाबोंगा खाका र नादिन डे क्लर्कले समान एक-एक विकेट लिइन ।
यो खेलमा विजेता टोलीले आईसीसी महिला टी- २० विश्वकप क्रीकेट २०२४ को उपाधी उचाल्ने छ ।
