काठमाडौं । अमेरिकाविरुद्धको पहिलो टी- २० आई सिरिजमा नेपालले १६५ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको डालसस्थित ग्राण्ड पेरी टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १६४ रनको योगफल तयार गएको हो ।
नेपालका लागि ओपनर अनिल कुमार शाह र आसिफ शेख २७/२७ रन बनाएर आउट भए । कुशल भुर्तेलले १० र गुल्सन झा ११ रन जोडेर आउट भए ।
नेपालका कप्तान रोहित कुमार पौडेलले ४८ रन बनाए भने दिपेन्द्र सिंह ऎरीले २८ रन जोडे ।
बलिङतर्फ अमेरिकाका हर्मित सिंह, जस्दिप सिंह र नोस्थुस केन्जिकेले समान २/२ विकेट विकेट लिए भने अली खानले एक विकेट लिए ।
