काठमाडौं । बेलायतमा आयोजना भएको क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।
संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले संवरण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनाले जनाएको छ ।
सेनाका अनुसार ३७ देशका एक सय २१ अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो ।
नेपाली सेनाले उक्त प्रतियोगितामा सन् २०१७ र २०१९ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो ।
