मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

यूइएफए नेसन्स लिग

रोनाल्डोको गोलमा पोर्चुगल विजयी

रोनाल्डोको गोलमा पोर्चुगल विजयी

रोनाल्डोले ३७ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

आइतबार, असोज २७ २०८१
आइतबार, असोज २७ २०८१
  • काठमाडौं । यूइएफए नेसन्स लिगमा पोर्चुगलले पोल्यान्डमाथि सहज जित निकालेको छ ।

    क्रीस्टियानो रोनाल्डोले गरेको एक सय ३३ औँ अन्तर्राष्ट्रिय गोलको मदतमा पोर्चुगलले पोल्यान्डमाथि ३-१ गोलको जित निकालेको हो ।

    पोर्चुगलले बोनार्डो शिल्भाको गोलले अग्रता लिएको थियो । त्यसपछि रोनाल्डोले ३७ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

    घरेलु टोली पोल्यान्डका लागि पिटर जेलेन्स्किले एक गोल फर्काए तर पोर्चुगलले एक आत्मघाती गोल उपहार पायो र पोल्यान्डलाई ३-१ गोलले पराजित गर्यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार