काठमाडौं । विश्वकप छनोटमा दक्षिण अमेरिकाको राउण्ड– ८ अन्तर्गत भएको खेलमा विश्वविजेता अर्जेन्टिनालाई कोलम्बियाले पराजित गरेको छ ।
गएराती कोलम्बियाको स्टाडियो मेट्रो पोलिटानोस्थित रोबोटो मेलिन्डेच मेट्रो पोलिटन रंगशालामा भएको खेलमा घरेलु टोली कोलम्बियाले अर्जेन्टिनामाथि २–१ गोलको जित निकालेको हो ।
पहिलो हाफको खेलको २५ औँ मिनेटमा कोलम्बियाका येर्सन मोस्केराले क्लोज रेन्ज हेडरमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४८ औँ मिनेटमा अर्जेन्टिनाका निको गोन्जालेजले रोड्रिग्वेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा ल्याए ।
खेलको ६० औँ मिनेटमा कोलम्बियाका जेम्स रोड्रिग्वेजले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई विश्व विजेता अर्जेन्टिनाविरुद्ध २–१ को जित सुनिश्चित गरे । यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सहभागी थिएनन् ।
यो जितसँगै कोलम्बियाले कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग पराजित भएको बदला लिएको छ । हारका बाबजुत पनि अर्जेन्टिना १८ अंकसहित लिग तालिकाको शिर्ष स्थानमा छ भने कोलम्बिया १६ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ ।
