शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

खेलकुद

नेपालले यु-१९ क्रिकेट विश्वकप छनोट आयोजना गर्ने

नेपालले यु-१९ क्रिकेट विश्वकप छनोट आयोजना गर्ने

यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो ।

शनिबार, भदौ १ २०८१
शनिबार, भदौ १ २०८१
  • काठमाडौं । नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ ।

    अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

    क्यानका अनुसार छनोटका खेलहरू सन् २०२५ अप्रिल १२ देखि २१ सम्म हुनेछन् । यो प्रतियोगिताको विजेता सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यु-१९ विश्वकप क्रिकेटका लागि छानिने छ ।

    छनोटमा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन् । यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार