शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

अप्रेसनका क्रममा प्रहरीको पेस्तोल हरायो 

अप्रेसनका क्रममा प्रहरीको पेस्तोल हरायो 

अप्रेसनका क्रममा वरिष्ठ सई पुज्य बिसीले बोकेको पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बागीपाेस्ट संवाददाता
मंगलबार, वैशाख ११ २०८१

काठमाडौं । बारामा प्रहरीको पेस्तोल हराएको छ । 

अप्रेसनका क्रममा वरिष्ठ सई पुज्य बिसीले बोकेको पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । लागू औषध अप्रेसनमा बिसीसहितको टोली खटिएको र सोही समयमा पेस्तोल हराएको बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए । 

उक्त पेस्तोलमा एउटा म्याग्जीन पनि रहेको बताइएको । उनले भने, “रातीको डिउटीमा जाँदा कतै मिसिङ भएको हो । झगडा वा अन्य कुनै कारणले भएको होइन् । उक्त पेस्तोलमा एउटा म्याग्जीन पनि थियो ।”

प्रहरीका अनुसार हराएको पेस्तोलको खोजी कार्य जारी रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार