शुक्रबार, साउन २९ गते २०८३    

शुक्रबार, साउन २९ गते २०८३    

संसदीय समिती बैठक

आईजीपीको बचाउ गर्दै सांसलाई न्यायाधीश नबन्न गृहमन्त्रीको चेतावनी

आईजीपीको बचाउ गर्दै सांसलाई न्यायाधीश नबन्न गृहमन्त्रीको चेतावनी

लेखा समितिको बैठकमा आईजीपी र गृहमन्त्रीको राजिनामा माग भएको

शुक्रबार, साउन २९ २०८३
शुक्रबार, साउन २९ २०८३
  • गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसदहरूलाई न्यायाधीश नबन्न चेतावनी दिएका छन् ।

    शुक्रवार कानून समितिको बैठकमा बोल्दै गुरुङले उजुरीको भरमा न्यायाधीश बन्न नपाइने र आरोप जो कसैलाई लाग्दैमा चरित्र हत्या गर्न नपाइने बताए ।

    उनले समितिमा आइजीपिको अपमान गर्ने काम भएको भन्दै यस बारे गृहमन्त्रालयको ध्यान आकर्षण समेत भएको बताए ।

    लेखा समितिको बैठका सत्तपक्षका सांसद खगेन्द्र सुनारले आईजीपी कार्कीको घरमा ३ करोड चोरी भएको विषयदेखी प्रहरीको पोशाक खरिदमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै आइजिपी कार्की र गृहमन्त्री गुरुङको राजिनामा माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार