शनिबार, साउन ३० गते २०८३    

शनिबार, साउन ३० गते २०८३    

सुरक्षा/अपराध

हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ 

हर्क साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ 

केही समय अघि पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई पक्राउ गरीएको

मंगलबार, पुस १ २०८२
मंगलबार, पुस १ २०८२
  • काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क राज साम्पाङ राई नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामा लामा पक्राउ परेका छन् । 

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार तामाङलाई काठमाडौंको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको छ । 

    केही समय अघि पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई पक्राउ गरीएको सीआईबीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार