शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

कुटपिटबाट गम्भीर घाइते भएका यदुको मेडिकल कलेज अत्तरखेलमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको

आइतबार, पुस ७ २०८१
आइतबार, पुस ७ २०८१
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । 

    आफ्नै बुबा ५० वर्षीय यदु बहादुर बस्नेतको हत्या गरेको आरोपमा मेलम्ची नगरपालिका– १० शिखरपुर बस्ने ३४ वर्षीय राजाराम बस्नेतलाई  प्रहरीले पक्राउ गरेको हो ।

    राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले राजारामलाई पक्राउ गरेको हो । 

    कुटपिटबाट गम्भीर घाइते भएका यदुको मेडिकल कलेज अत्तरखेलमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार