शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

लागूऔषध सहित तीन जना पक्राउ

लागूऔषध सहित तीन जना पक्राउ

पक्राउ पर्नेमा बागमती नगरपालिका– ७ निमिचोक बस्ने ३५ वर्षीय मोहन बहादुर योञ्जन समेत ३ जना रहेको

सोमबार, पुस १ २०८१
सोमबार, पुस १ २०८१
  • सर्लाही । सर्लाहीको बागमती नगरपालिकाबाट नियन्त्रित लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा बागमती नगरपालिका– ७ निमिचोक बस्ने ३५ वर्षीय मोहन बहादुर योञ्जन समेत ३ जना रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रित लागूऔषध ओनेरेक्स १ सय मिलिलिटरको ७ बोतल, कोडेडाइल– टि १ सय मिलिलिटरको ३ बोतल सहित ३ जनालाई सोमबार बिहान पक्राउ गरिएको हो ।  

    जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले मोहन बहादुरको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको र साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।  

    प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार