सल्यान । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेत सिम्ता गाउँपालिका– ४ बस्ने १९ वर्षीय चन्द्र बहादुर परियार रहेका छन् । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो ।
परियारले ती बालिकालाई वनगाड कुपिण्डे नगरपालिका– १ सल्लिबजारको माथिल्लो बजारस्थित गुईयखोलाको बनमाराको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय देवस्थलले जनाएको छ ।
यस सम्बन्धमा भैरहेको प्रहरीले जनाएको छ ।
