शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गर्ने व्यक्ति पक्राउ

बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गर्ने व्यक्ति पक्राउ

पक्राउ पर्नेमा प्रतापुर गाउँपालिका– ७ बस्ने २४ वर्षीय अमन प्रताप हरिजन रहेका छन् । 

शुक्रबार, कात्तिक ३० २०८१
शुक्रबार, कात्तिक ३० २०८१
  • काठमाडौं । अनलाइनमा बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गरेको आरोपमा नवलपरासी पश्चिमबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा प्रतापुर गाउँपालिका– ७ बस्ने २४ वर्षीय अमन प्रताप हरिजन रहेका छन् । 

    नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको सहयोगमा उनलाई नवलपरासीबाट पक्राउ गरेको हो । 

    उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार