काठमाडौं । काठमाडौं महानगरपालिका– २६ गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको २ थान छालासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाग्लुङ वरेङ गाउँपालिका– ३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ ।
