रूपन्देही । बुटवल उपमहानगरपालिका– ८ रामनगरबाट राजश्व छली ल्याएको करिब ३० तोला तौलको बिस्कुट आकारको २ थान सुनसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका– ८ चप्परगाउँ बस्ने ३३ वर्षीय अकवर अलि मियासहित दुई जना रहेका छन् । उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कृष्णनगर कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको लु.२ ख ६५४२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको अगाडी बनोट माथि सोही बसका सहचालक अकवरको झोलाभित्र रहेको उक्त तौलको धातु फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
