शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

पक्राउ पर्नेमा सोही महानगरपालिका– ८ पशुपति घर बताउने २५ वर्षीय अभय प्रधान रहेको

मंगलबार, कात्तिक १३ २०८१
मंगलबार, कात्तिक १३ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिका– १५ डल्लु पुलस्थित सडकबाट स्रोत नखुलेको नगद ८ लाख रूपैयाँ सहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सोही महानगरपालिका– ८ पशुपति घर बताउने २५ वर्षीय अभय प्रधान रहेको प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कालिमाटीबाट बालाजुतर्फ आउँदै गरेको बागमती प्रदेश ०२– ०३१ प ५१४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको डिकीबाट उक्त नगद फेला पारी चालक अभयलाई पक्राउ गरेको हो । 

    उनलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार