आइतबार, असोज ४ गते २०८३    

आइतबार, असोज ४ गते २०८३    

सुरक्षा/अपराध

माल्टा पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

माल्टा पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका– १० घर भई काठमाडौं महानगरपालिका– ३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्ले रहेका

शनिबार, कात्तिक १० २०८१
शनिबार, कात्तिक १० २०८१
  • काठमाडौं । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका– १० घर भई काठमाडौं महानगरपालिका– ३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्ले रहेका छन् । उनलाई बिहिवार प्रहरीले पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार मनोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ७ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मध्यबानेश्वरबाट पक्राउ गरेको हो । 

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार