शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राजनीति

प्रचण्डको दाबी  : राज्यका निकाय अन्यौलपूर्ण छन्, लक्षण राम्रो देखिएको छैन 

प्रचण्डको दाबी  : राज्यका निकाय अन्यौलपूर्ण छन्, लक्षण राम्रो देखिएको छैन 

समयमै उद्धार भएको भए बाढीमा परेका धेरैको ज्यान बचाउन सकिने अवस्था रहेको

शनिबार, भदौ २० २०८३
शनिबार, भदौ २० २०८३
  • पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले समयमै उद्धार भएको भए बाढीमा परेका धेरैको ज्यान बचाउन सकिने अवस्था रहेको बताएका छन् । 

    शनिबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार गर्न सकेको भए धेरैको ज्यान जोगिने देखिएको दाबी गरेका हुन् । 

    “हामी सबैका लागि एउटा विचित्रको परिस्थिति छ । हिजो मात्रै १० दिनपछि टनेलमा रहेका दुई जना नागरिकको जिवितै उद्धार हुनु एकता तिर सन्तोषको विषय भएको छ भने अर्काेतर्फ समयमै उद्धार भएको भए अझ धेरैको ज्यान बच्ने रहेछ भन्ने पनि यसले प्रदर्शित गरेको छ,” उनले भने । 

    आउँदा दिनहरुमा अझै सरकार थप जिम्मेवार हुनुपर्ने संयोजक प्रचण्डको भनाई रहेको छ । 

    मुलकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरु अन्यौलपूर्ण अवस्थामा रहेको भन्दै उनले सरकारका राम्रा काममा सहयोग र समर्थन रहने भए पनि नराम्रा कामको भने विरोध र आलोचना गर्ने आफ्नो स्पष्ट नीति रहेको प्रचण्डले बताए । 

    उनले भने, “अहिले कताकता नेपाली राजनीति पनि, नेपाली कर्मचारीतन्त्र पनि सबै राज्यका निकायहरु अली बढी अन्यौलमा भएको देखिन्छ । सुरुदेखि हामीले भनेका छौं राम्रो काम गर्नुस सहयोग, समर्थन हुन्छ । नराम्रो काम गर्दा आलोचना हुन्छ, टिप्पणी हुन्छ, विरोध हुन्छ । हरेक क्षेत्रमा हामीले त्यही भन्दै आएका छौं । अहिले पनि हाम्रो त्यही भनाई रहन्छ । तर लक्षण राम्रो देखिएको छैन् ।”

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार