गृहमन्त्री सुदन गुरुङले देशमा अब अर्काे गोली कसैले पनि चलाउन नसक्ने बताएका छन् ।
आज नयाँ बानेश्वरस्थित जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको पुरानो संसद भवनमा आयोजित जेनजी शहीद स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले देशमा अब कसैले पनि गोली चलाउन नसक्ने बताए ।
प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले आफूलाई विश्वास गेरर गृहमन्त्रीको कुर्सी सुम्पेको र देशमा सुशासन देखाउन भनेर गरेको आशा र विश्वासलाई आफूले निरन्तर जगाई राख्ने उनले बताए ।
“जबसम्म वर्तमान सरकारको प्रधानमन्त्री बालेन शाह, हाम्रो पार्टी सभापति रवि लामिछानेज्यूलाई विश्वास गरेर जेनजीको आशालाई मर्न दिनु हुँदैन, तिमी त्यो कर्सीमा बसेर देशमा देखाइदेउ सुशासन भनेर जसरी आशा गर्नु भएको छ । त्यो विश्वासलाई म निरन्तर जगाई राख्न चाहन्छु । तपाईंको यो मन्त्री तपाईको यो दाई, भाइ, छोरा एउटै कुराले ढल्छ भनेको त्यो कुरा गोलीले हो । त्यसको लागि अर्काे गोली चल्नु पर्छ र अर्काे गोली चल्नलाई यो देशमा कसैको हिम्मत छैन् । कसैले गोली चलाउनलाई यो देशमा हिम्मत गर्न सक्दैन,” उनले भने ।
जेनजीहरुले उठाएका मागहरुको सम्बोधन नहुन देशमा अर्काे एउटा गोली चल्नुपर्ने र उक्त गोली आफ्नो शिरबाट मात्रै सम्भव हुने गृहमन्त्री सुदन गुरुङको भनाई रहेको छ ।
उनले भने, “मेरा केही भाईहरु, शहिद परिवारले मलाई भन्नु हुन्छ अझै पनि कहिले हाम्रा माग पूरा हुने होइनन् की ? भनेर प्रश्न गर्नु हुन्छ । म उहाँहरुलाई यहीबाट भन्न चाहन्छु । अझै पनि माग पूरा नहुनलाई अर्काे गोली चल्नुपर्छ, त्यो चाही मेरो शिरबाट मात्रै हुन्छ ।”
