रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित अपर त्रिशुली– १ (२१६ मेवा) जलविद्युत आयोजनाको सुरुङबाट एक जना चिनियाँ नागरिकको जिवीतै उद्धार गरिएको छ ।
बाढी गएको १० दिनपछि आज नेपाली सेना र विदेशीसहितको उद्धार टोलीले सुरुङ भित्रबाट चिनियाँ नागरिकको जिवितै उद्धार गरिएको हो ।
उनलाई उद्धारस्थलमा नेपाली सेनाको स्वास्थ टोलीले प्रारम्भिक उपचार पछि थप उपचारको लागि काठमाडौं ल्याइँदैछ । उद्धार टोलीले हिजो माथिल्लो त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट पनि २ जनाको सकुशल उद्धार गरेको थियो ।
आज यता नुवाकोटको विदुर नगरपालिका– १० बेत्रावतीस्थित बाढीले बगाएको घरबाट एक जना वृद्धाको सशस्त्र प्रहरीको टोलीले जिवित्तै उद्धार गरेको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीकारण नेपालमा ठूलो मात्रामा धनजनको क्षती भएको छ । नेपालमा बाढीमा परि १३ सय ४४ जनाको मृत्यु भएको छ भने अझै ४ हजार भन्दा बाढी बेपत्ता रहेका छन् ।
