शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

राहत सामग्री बोकेर रसुवा प्रस्थान गरे जेन्जि नागरिक अभियानका अभियन्ता

राहत सामग्री बोकेर रसुवा प्रस्थान गरे जेन्जि नागरिक अभियानका अभियन्ता

शुक्रबार, भदौ २६ २०८३
शुक्रबार, भदौ २६ २०८३
  • काठमाडौँ । राष्ट्रिय जेन्जि नागरिक अभियानका अभियन्ताहरू बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक खाद्यान्न सामग्रीसहित रसुवा प्रस्थान गरेका छन्।

    अभियानका अनुसार टोलीले रसुवा जिल्ला, कालिका गाउँपालिका–२ का बाढीपीडित नागरिकलाई स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्षसँगको समन्वयमा शनिबार बिहान प्रत्यक्ष रूपमा राहत सामग्री वितरण गर्नेछ।

    बाढीपीडितको तत्कालीन आवश्यकतालाई ध्यानमा राखी स्थानीय नागरिक तथा जनप्रतिनिधिसँग समन्वय गरेर राहत सामग्रीको व्यवस्था गरिएको अभियानले जनाएको छ। राहत सामग्रीमा चामल, दाल, तेल, चिनी, नुनलगायत अत्यावश्यक खाद्यान्न रहेका छन्।

    अभियानका सह–संयोजक अजय सोडारीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी वास्तविक पीडितसम्म राहत पुर्‍याउने उद्देश्यले टोली रसुवा गएको बताउनुभयो।

    त्यस्तै, अभियानका संयोजक सुनिल सिंहका अनुसार राहत सामग्री वितरणमा मात्र सीमित नभई अभियानका अभियन्ताहरूले बाढी प्रभावित क्षेत्रमा स्वयंसेवकको भूमिकासमेत निर्वाह गर्नेछन्। उनीहरूले नेपाली सेना तथा नेपाल प्रहरीसँग आवश्यक समन्वय गर्दै उद्धार, सरसफाइ तथा पुनर्स्थापनाका काममा सहयोग गर्ने जनाइएको छ।

    FB_IMG_1789125729871.jpg
    undefined

    प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकलाई तत्काल राहत र सहयोग आवश्यक रहेको भन्दै राष्ट्रिय जेन्जि नागरिक अभियानले महाविपत्तिको सामना गर्न सबै नागरिकलाई आफ्नो ठाउँबाट सक्दो सहयोग र योगदान गर्न आह्वान गरेको छ।

    राहत तथा स्वयंसेवी टोलीमा सुनिल सिंह, अजय सोडारी, प्रकाश बम, सुनिल बिक, गणेश बिक, सफल घिमिरे, विरजन विश्वकर्मा, किरेन्द्र सिंह, प्रदीप भट्टराई, सुशील बुढाथोकी र धरिज बानिया सहभागी छन्।

    FB_IMG_1789125723858.jpg
    undefined

    अभियानले आगामी दिनमा पनि बाढी प्रभावित क्षेत्रको अवस्था र आवश्यकताका आधारमा राहत तथा स्वयंसेवी गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार