शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

मन्त्रीपरिषद् बैठक

१३ देशका लागि राजदूत सिफारिस, यी हुन मन्त्री परिषद् बैठका निर्णय

१३ देशका लागि राजदूत सिफारिस, यी हुन मन्त्री परिषद् बैठका निर्णय

शुक्रबार, असोज २ २०८३
शुक्रबार, असोज २ २०८३
  • सरकारले भारतसहित रिक्त रहेका विभिन्न मुलुकका लागि नेपाली राजुदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्री परिषद् बैठकले भारतका लागि निश्चल नाथ पाण्डे, बेलायतका लागि गौरव शमशेर जंगबहादुर राणासहित रिक्त रहेका १३ देशका लागि राजदूत सिफारिस गरि संसदीय सुनुवाइका लागि संघीय संसद समक्ष पठाउने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    त्यस्तै उनका अनुसार बैठकले नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा दीर्घायु कुमार श्रेष्ठ, (काठमाडौं) लाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

    यी हुन मन्त्रीपरिषद बैठकका निर्णयहरू:

    १ देहायका व्यक्तिहरूलाई तपसिलबमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिको लागि सिफारिस गर्ने र संसदीय सुनुवाईको लागि सङ्घीय संसदसमक्ष लेखी पठाउने।

    १. डा. निश्चल नाथ पाण्डे- गणतन्त्र भारत

    २. डा. कल्याण राज शर्मा- जनवादी गणतन्त्र चीन

    ३. चिरन जङ्ग थापा- संयुक्त राज्य अमेरिका

    ४. गौरव शमशेर जंगबहादुर राणा - संयुक्त अधिराज्य बेलायत)

    ५. सरू जोशी- सङ्घीय गणतन्त्र जर्मनी

    ६. सुरेशकुमार कर्ण - इजरायल

    ७. प्राप्ति शेरचन - स्पेन अधिराज्य

    ८. जिज्ञान कुमार थापा - जापान

    ९. पदमाक्षी राणा - ओमान

    १०. चूडामणि खरेल - मलेसिया

    ११. प्रा. डा. सङ्गम श्रेष्ठ- गणतन्त्र कोरिया

    १२. डा. मंचला झा - लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंका

    १३. गिरी बहादुर सुनार - साउदी अरेबिया

    २ नेपाल नागरिकता (पाँचौ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।

    ३ साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संसोधन गर्ने।

    ४ नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा दीर्घायु कुमार श्रेष्ठ, काठमाडौंलाई नियुक्ति गर्ने।

    ५ सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार