दाङ । दाङमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका– १ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपाली रहेका छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
