शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ 

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ 

पक्राउ पर्नेमा जिल्लाको म्याग्दे गाउँपालिका– ६ बस्ने २६ वर्षीय दिपक बिक रहेका छन् ।

बागीपाेस्ट संवाददाता
शनिबार, वैशाख ८ २०८१

तनहुँ । तनहुँमा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जिल्लाको म्याग्दे गाउँपालिका– ६ बस्ने २६ वर्षीय दिपक बिक रहेका छन् । दीपकले आफ्नै ७६ वर्षीय बुवा राप बहादुर बिकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

तनहुँ शुक्लागण्डकी नगरपालिका– ९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार