झापा । झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका– ११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तामाङले ती किशोरीलाई सोही नगरपालिका– ११ सालबारीस्थित होटलमा बुधबार जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
