रौतहट । देवाही गोनाही नगरपालिका– ६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानबाट पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् ।
मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली ४ राउण्ड, म्यागजिन १ थान र सर्ट गनको गोली २ राउण्ड सहित सोही ठाउँ बस्ने ५६ वर्षीय भोला राय यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ ।
