धनगढी । डडेल्धुरामा बोराभित्र एक किशोरीको शव फेला परेको छ ।
जिल्लाको अमरगढी नगरपालिका- ७ अमरगढी बजार नजिकै प्लास्टिकको बोरामा बेरिएको अवस्थामा एक किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।
डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी सुगन्ध श्रेष्ठले गएराती करिब ११ बजे १४ वर्षीया आरती भट्टराईको शव फेला परेको बताए । स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव पोष्टमार्टमको लागि डडेल्धुरा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक भट्टराईको बाहिर चोटपटक नदेखिएपनी नाकबाट रगत बगीरहेको पाइएको छ ।
घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
