शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

अवैध सुन प्रकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको सिटमा एक किलो बेवारिसे सुन फेला 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको सिटमा एक किलो बेवारिसे सुन फेला 

बुधवार बिहान भारतको नयाँ दिल्लीबाट आएको इन्डिगो एयरको फ्लाइट ६ इ ११५१ इन्डिको न्यारोबोडी जहाजको सिटमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको हो । 

बागीपाेस्ट संवाददाता
बिहीबार , वैशाख ६ २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको सिटमा एक किलो बेवारिसे सुन फेला परेको छ । 

बुधवार बिहान भारतको नयाँ दिल्लीबाट आएको इन्डिगो एयरको फ्लाइट ६ इ ११५१ इन्डिको न्यारोबोडी जहाजको सिटमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको हो । 

इन्डिगो एयरको सिट नम्बर २७ चार्लीको पछाडी र २८ चार्लीको अगाडी रहेको सिटमा रहेको पकेटको तलपट्टी कालो र सेतो रङको टेपले बेरिएको बेवारिसे अवस्थामा सुन फेला परेको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख एसएसपी कृष्णहरी शर्मा पोखरेलले जानकारी दिए । 

जसमा तीन थान सिक्रि, ६ वटा आयाताकार टुक्रा, त्रिभुज आकारका दुई वटा टुक्रा र दुई वटा सिक्री जोड्ने रिङ गरी जम्मा १ किलो ७० ग्राम सुन फेला परेको हो । उक्त सुनबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार