मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सुरक्षा/अपराध

अवैध लागूऔषध सहित चार जना पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ

बिहीबार , असोज २४ २०८१
बिहीबार , असोज २४ २०८१
  • सुर्खेत । बिरेन्द्रनगर नगरपालिका– ८ खजुराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम, २ थान मोबाइल र नगद २ हजार ५ सय रूपैयाँ सहित एक जना पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका– ११ बस्ने २४ वर्षीय दिलिप सुनार रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    सुनसरीको धरान उपमहानगरपालिका– १५ परिवर्तित मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय राजु  थापा र २८ वर्षीय अभिषेक मगर रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

    झापाको मेचीनगर नगरपालिका– ६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका– ९ बस्ने ३२ वर्षीय दिपेन्द्र राणा मगर रहेका छन् । 

    प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    सबै घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार