सुनसरी । सुनसरीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका– ७ बस्ने ३१ वर्षीय हजरूल खातुन रहेका छन् । उनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
