मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सुरक्षा/अपराध

मौरिसस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

मौरिसस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

पक्राउ पर्नेमा सुर्खेत चिङगाड गाउँपालिका– ३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– १४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसी रहेकी

सोमबार, असोज २१ २०८१
सोमबार, असोज २१ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सुर्खेत चिङगाड गाउँपालिका– ३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– १४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसी रहेकी छिन् । 

    प्रहरीका अनुसार बिमलाले मौरिसस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार