मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

सुरक्षा/अपराध

किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको

शुक्रबार, असोज १८ २०८१
शुक्रबार, असोज १८ २०८१
  • दाङ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका- ५ चैनपुर बस्ने १९ वर्षीय किरण चौधरी समेत ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

    उनीहरूले ती किशोरीलाई सोही गाउँपालिका– ५ मंघरस्थित खाली घरमा बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

    बर्दियामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका– ३ बनगाई बस्ने दैलेख चामुन्डा बिन्द्रासैनी नगरपालिका– ८ घर भएका २० वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ । 

    प्रकाशले ती बालिकालाई सोही नगरपालिका– ६ ठाडाफाटास्थित जयदुर्गा सामुदायिक वनमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    रोल्पामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माडी गाउँपालिका– २ खोलबाङ बस्ने ३२ वर्षीय बिर्सी विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    विकले ती बालिकालाई बिबाह गर्छु भनि ललाई फकाई आफ्नै घरमा लगेर बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    तीन वटै घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार