शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

जलिरहेको युवतीको शव बरामद 

जलिरहेको युवतीको शव बरामद 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १६ पुलचोकमा रेल्वे डिल नजिक पोखरीको डीलमा जलिरहेको अवस्थामा प्रहरीले एक युवतीको शव बरामद गरेको हो ।

बागीपाेस्ट संवाददाता
बिहीबार , वैशाख ६ २०८१

जनकपुरधाम । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १६ पुलचोकमा रेल्वे डिल नजिक पोखरीको डीलमा जलिरहेको अवस्थामा प्रहरीले एक युवतीको शव बरामद गरेको हो । बुधवार राती करिब ८ बजे पोखरीको डिलमा युवतीको शव जलिरहेको भनेर स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेर शव बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवव्क्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । 

डिएसपी अवाका अनुसार जलिरहेको शव महोत्तरीको मरासिनी नगरपालिका– २ की २३ वर्षीय मप्रियंका महातोको रहेको बुझिएको र शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । 

युवतीको हत्या गरेर शव जलाइएको हुन सक्ने प्रहरीको आशंका छ । पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धान पछि मात्रै घटनाका बारेमा सत्य तथ्य खुल्ने प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार