शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

प्रहरी प्रधान कर्यालय

धादिङका प्रहरी प्रमुख केसी तानिए हेडक्वाटर 

धादिङका प्रहरी प्रमुख केसी तानिए हेडक्वाटर 

सिडियो राजेन्द्र देव पाण्डेलाई फिर्ता बोलाएर गृह मन्त्रालयले धादिङमा सुमन घिमिरेलाई पठाउने निर्णय गरेको

सोमबार, असोज १४ २०८१
सोमबार, असोज १४ २०८१
  • काठमाडौं । धादिङका प्रहरी प्रमुख गौतम केसीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । 

    केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार केसीलाई प्रहरी प्रधान कार्यालय तानिएसँगै उनको स्थानमा दीपेन्द्र शाहीलाई पठाइएको छ । झ्याप्ले खोलामा पहिरो गएपछि ४८ घण्टापछि मात्रै थाहा भएको थियो । पहिरोमा बस र माइक्रो पुरिएपछि ३५ जनाको मृत्यु भएको थियो । 

    उक्त पहिरोपछि प्रहरी प्रमुख केसी माथि प्रश्न उठेको थियो । असार ११ र १२ गते रात्री रात्रीकालिन बस सेवा सञ्चालन गर्न रोक लगाउनु भनिएता पनि त्यस क्षेत्रमा बस गुडीरहेका थिए । 

    धादिङको झ्याप्ले पहिरोबाट धनजनको क्षती भएपछि गृह मन्त्रालयले सिडियो र एसपी दुवैलाई काठमाडौं झिकाएको हो । सिडियो राजेन्द्र देव पाण्डेलाई फिर्ता बोलाएर गृह मन्त्रालयले धादिङमा सुमन घिमिरेलाई पठाउने निर्णय गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार