शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका– ७ घर भई काठमाडौं महानगरपालिका– १४ कलंकी बस्ने ५१ वर्षीय लिला बहादुर खड्का रहेका

बागीपाेस्ट संवाददाता
बुधबार, असोज ९ २०८१

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका– ७ घर भई काठमाडौं महानगरपालिका– १४ कलंकी बस्ने ५१ वर्षीय लिला बहादुर खड्का रहेका छन् । 

लिला बहादुरले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा उनलाई काठमाडौंको बाफलबाट प्रहरीले पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार