शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

अदालतको अनुमति 

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 

जिल्ला अदालत काठमाडौंले बुधवार प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको

बुधबार, असोज ९ २०८१
बुधबार, असोज ९ २०८१
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । 

    जिल्ला अदालत काठमाडौंले बुधवार प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । असोज ६ मा पक्राउ परेका प्रसाईंलाई विद्युतीय कारोबार ऐन– २०६३ अनुसार अनुसन्धान गर्न अदालतले यस अघि प्रहरीलाई तीन दिनको समय दिएको थियो । 

    सामाजिक सञ्जालमा चरित्र हत्या गरी बोलेको आरोपमा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो । जाहेरी पश्चात् उनीमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार