शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

एक सय ५० किलो गाँजासहित ७ जना पक्राउ

एक सय ५० किलो गाँजासहित ७ जना पक्राउ

मनहरी गाउँपालिका– ४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १ सय ५० किलोसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बागीपाेस्ट संवाददाता
बुधबार, वैशाख ५ २०८१

मकवानपुर । मनहरी गाउँपालिका– ४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १ सय ५० किलोसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका– ७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिका- ३ बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका- ४ बस्ने २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय बिरमान प्रजा, मनहरी गाउँपालिका- ३ हाडी खोला बस्ने ४४ वर्षीय रामहरी लुईटेल र सोही गाउँपालिका- ५ बस्ने ३६ वर्षीय दिपक थापा मगर रहेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा बोरामा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
images
images
लोकप्रीय
सम्बन्धित समाचार