सिराहा । बरियारपट्टी गाउँपालिका– १ गोरगम्मा बोडरबाट स्रोत नखुलेको नगद १६ लाख रूपैयाँ सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका– २ खोक्सिटोल बस्ने ४८ वर्षीय ललित दास रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.१० प ९८५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक दासलाई पक्राउ गरिएको प्रहरी चौकी कचनारीले जनाएको छ ।
प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ ।
