पर्सा । वीरगंजबाट अवैध लागूऔषध चरेशसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत अगरा उत्तर प्रदेश कुडोल फतेहावाद बस्ने ४२ वर्षीय गोपाल गिरी रहेका छन् । उनलाई वीरगंज महानगरपालिका– २ डम्पिङ घाडीबाट अवैध लागूऔषध चरेश २ किलो ९ सय ६० ग्राम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय छपकैया समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।
पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
