काठमाडौं । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका– ९ घर भई कास्की पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेल रहेका छन् । उनलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो ।
पौडेलले ती महिलालाई काठमाडौं महानगरपालिका– २६ लैनचौरस्थित प्यासिफिक गेष्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।
पक्राउ परेका युवकमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
