दाङ । ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका– १ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्की रहेका छन् ।
सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ ।
