शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा /अपराध

दुई छोरीहरुको हत्या गरी फरार रहेकी अभियुक्त पक्राउ

दुई छोरीहरुको हत्या गरी फरार रहेकी अभियुक्त पक्राउ

उनी उपर मोरङ जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बुधबार, भदौ १९ २०८१
बुधबार, भदौ १९ २०८१
  • मोरङ। आफ्नै छोरीहरू १ वर्षीया आईङ्का कार्की र ३ वर्षीया अर्पना कार्कीको हत्या गरी फरार रहेकी सुन्दरहरैचा नगरपालिका-७ मालति टोल बस्ने २१ वर्षीया अस्मिता पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

    सुन्दरहरैचा नगरपालिका-७ स्थित केरा बगानमा सोही नगरपालिका-७ मालति टोल बस्ने धनकुटा पाख्रीबास नगरपालिका-५ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू आईङ्का र अर्पनाको शनिबार दिउँसो शव फेला परेका थियो ।

    प्रहरीका अनुसार घटनाका अनुसन्धानको क्रममा अर्जुनकी श्रीमती अस्मितालाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा बिर्तामोड नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ ऐभरेष्ट बैंक अगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    प्रारम्भिक अनुसन्धानको क्रममा अस्मिताले शुक्रबार साँझ आफ्नै श्रीमान अर्जुन कार्कीसँग निर्माणाधिन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछी निजले दुई वटी छोरीहरू साथमा लिई सुन्दरहरैचा नगरपालिका-७ स्थित केरा बगानमा लगि विष सेवन गराई हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

    उनी उपर मोरङ जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार