डडेलधुरा । जिल्लाको आलिताल गाउँपालिका– ६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका– ६ फल्ले खर्क बस्ने ५१ वर्षीय बिर बहादुर कुँवर र ४३ वर्षीय कर्ण बहादुर कुँवर रहेका छन् । अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ ।
