नुवाकोट । मेघाङ गाउँपालिका– ३ गोगने बस्ने ६५ वर्षीय चमार तामाङको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिदुर नगरपालिका– ७ कुबिण्डे बस्ने ६५ वर्षीय लाल बहादुर तामाङ रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
मेघाङ गाउँपालिका– ३ गोगनेस्थित उनीहरू बीच वादविवाद भई झै–झगडा हुँदा लाल बहादुरले ढुङ्गा प्रहार गर्दा चमारको घट्नास्थलमै मृत्यु भएको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।
