शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

नाबालिकाहरूलाई यौन व्यवसायमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ

नाबालिकाहरूलाई यौन व्यवसायमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ

प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको

बिहीबार , भदौ १३ २०८१
बिहीबार , भदौ १३ २०८१
  • काठमाडौं । नाबालिकाहरुलाई यौन व्यवसायमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– ३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका– ४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन् । 

    खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार