शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा /अपराध

सुनको सिक्री लुटपाट, ३ जना पक्राउ

सुनको सिक्री लुटपाट, ३ जना पक्राउ

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको पहरीले जनाएको छ ।

बिहीबार , भदौ ६ २०८१
बिहीबार , भदौ ६ २०८१
  • काठमाडौं। सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भई काभ्रेपलाञ्चोक बनेपा बस्ने ३८ वर्षीय खनक भन्ने अनिल कुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ घर भई ललितपुर ग्वार्खो बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-६ घर भई काठमाडौँ गौशाला बस्ने ३१ वर्षीय रोहित भन्ने सुरेश तामाङ रहेका छन् ।

    भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने ५० वर्षीया कमला गौतमले घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री गत साउन २१ गते बिहान लोकन्थलीको बसस्टपमा अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौं र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार यसअघि अनिल उपर २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेश उपर विभिन्न मितिमा ३ पटक प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट र सुरेश उपर विभिन्न मितिमा प्रहरी वृत्त बौद्धबाट १ पटक तथा प्रहरी वृत्त गौशालाबाट ३ पटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको छ ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको पहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार