शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

सुरक्षा/अपराध

मेयर बालेन र उपमेयर सुनितालाई जोडेर फेक भिडियो बनाएको आरोपमा एक युवक पक्राउ 

मेयर बालेन र उपमेयर सुनितालाई जोडेर फेक भिडियो बनाएको आरोपमा एक युवक पक्राउ 

रावतले शिर्ष नेताहरुको भिडियो पनि बनाएको खुलेको

आइतबार, भदौ २ २०८१
आइतबार, भदौ २ २०८१
  • काठमाडौं । नेताहरुको फेक भिडियो बनाएर सामाजि सञ्जालमा प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

    आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी नेताहरुको फेक भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बाजुराका २२ वर्षीय रमेश रावतलाई पक्राउ गरेको हो । 

    रावतलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्यूरो स्रोतले जनाएको छ । केही दिन अघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता ढंगोलालाई जोडेर बनाएको डिफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

    सामाजिक सञ्जालमा भिडियो प्रसारण भएपछि उपमेयर ढंगोलले साईबर ब्यूरोमा उजुरी दिएकी थिइन् । ब्यूरोको टोलीले रावतलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका युवक सिन्धुपाल्चोकमा मेडिकल व्यवसाय गर्ने गर्छन् । 

    रावतले शिर्ष नेताहरुको भिडियो पनि बनाएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ रावतमाथि थप अनुसन्धान भैरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार