काठमाडौं । काठमाडौं महानगरपालिका– ६ कपन सरस्वतीनगरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका– १ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १२ घर भएका ४१ वर्षीय बद्री पौडेलसहित ९ जना रहेका छन् । उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ ।
